२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

इनरुवा बजारमा भीषण आगलागी हुँदा करोडाैंकाे क्षति

इनरुवा बजारमा भीषण आगलागी हुँदा करोडाैंकाे क्षति

माेरङ-सुनसरीको इनरुवा नगरपालिका बजारमा भएको आगलागीमा कम्तीमा ५ करोड रुपैया बराबरको क्षति भएको पूर्वानुमान गरिएको छ।

आइतबार विहान करिब ५ बजे स्थानीय हनुमान वस्त्रालयबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

इनरुवाकै ठूलो कपडा पसलमध्ये पर्ने सो वस्त्रालय चारतल्ले भवनमा अवस्थित छ।

 

आगलागीका कारण भवनको भुइतल्ला र पहिलो तल्लामा पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

आगलागीका कारण सो वस्त्रालयसंगै अन्य ४ वटा पसलमा क्षति पुगेको छ। आगलागी सुरु भएको भवन नजिकै रहेको एक हार्डवेयर पसल, टेलर्स, फेन्सी स्टोरमा समेत क्षति पुगेको छ।

आगलागी नियन्त्रणका लागि विराटनगर, दुहबी, इटहरी, धरान, सप्तरीबाट गरि ८ वटा वारुणयन्त्र, स्थानीय, सुरक्षाकर्मीको सहयोगमा करिब ६ घण्टापछि स्थिती नियन्त्रणमा आएको थियो। यसक्रममा इनरुवा नगरपालिकाको वारुणयन्त्र भने विग्रीएर थन्किएका कारण प्रयोगमा आउन सकेको थिएन्।

आगलागी सुरु भएको हनुमान वस्त्रालयको मात्र करिब २ करोड रुपैया बराबरको क्षति भएको अनुमान गरिएको छ। त्यसैगरि, सिर्जना फाइनान्समा समेत आगलागीका कारण क्षति पुगेको छ । आगोका कारण वस्त्रालयसँगै जोडिएको पशुपती इम्पोरियममा समेत क्षति पुगेको छ।

घटनाबारे अनुसन्धान जारी रहेको जनाएको सुनसरी प्रहरीले वास्तविक विवरण प्राप्त हुन भने केही समय लाग्ने प्रस्टाएको छ। यद्धपी, आगलागी विद्युत सर्ट भएको हुनसक्ने अनुमान प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij