चितवन – चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै बिहीबार अस्पतालमा तोतफोड गरेका छन् ।
अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका ३ जनालाइ तीन जनालाई पक्राउ गरी साँझ छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
अस्पतालका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशिष सुनारको एपेन्डीसाइडको शल्यक्रियापछि उपचार भइरहेको छ । कलेजका अध्यक्ष प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार ती युवकको जटिल प्रकृतिको एपेण्डिक्स भएको हो ।
हाल उनको सघन उपचारकक्षमा उपचार भइरहेकोमा बुझ्दै नबुझी मृत्यु भएको भनेर तोडफोडमा उत्रिएको उनले बताए । कोही कसैको लहैलहैमा हुने यस्ता समस्याले गर्दा अस्पतालमा कार्यरत चिकित्सकको मनोवल घट्ने उनको भनाइ छ ।
चिकित्सकले जानीजानी लापरवाही नगर्ने भन्दै उनले समस्या परे जो कोहीले कानूनको बाटो रोज्नुपर्ने बताए । उनले यो कारोना सङ्क्रमणको समयमा ज्यान जोखिममा राखेर काम गर्ने चिकित्सकको मनोवल गिर्न नदिन पनि आग्रह गरे
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij