काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । यसैगरी शनिबार थप ३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।
यसकाे अलावा आज थप १ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । योसँगै नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij