बुटवल- रुपन्देहीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
सोमबार चट्याङले लुम्बिनी सांस्कृतिक नगरपालिका २ की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की ५० वर्षीया कमलावती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार दुवै महिला खेतबारीमा कामका लागि गएको बेला चट्याङ लागेर मृत्यु भएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij