मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा आठौं स्थानमा रहेकाे छ ।आज बेकारकाे काममा समय र मिहिनेत लाग्नेछ ख्याल राखनु हाेला । आज कुनैपनि किसिमको जाेखिम नउठाएकै राम्रो हुने छ। आज साेचबिचारेर गरेकाे कार्यमा सफलता मिल्नेछ खर्च वृद्धि हुनेछ ।बिद्यार्थीकाे लागि ठिकै छ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा नवौं स्थानमा रहेको छ । आज झुटाे नवाेल्नुहाेला जसले हजुरलाइ घाटा लाग्न सक्छ । आज हजुरका स्वभावमा भावुकता र कामुकता ज्यादा देखा पर्नेछ। आज ब्यपारमा लगानी बढाउने दिन रहेको छ । सहकर्मी हरुकाे सहयाेग मिल्नेछ । बिद्यार्थीकाे लागि आजकाे दिन उत्तम रहेकाे छ । स्वास्थ्यकाे हिसाबले आजकाे दिन मध्यम छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला, आफ्नाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन दशौं स्थानमा चन्द्रमा रहेको छ। आज मनमा उमंग छाउने छ। आज ब्यपारीकाे लागि राम्रो छ । र्बिद्यार्थीकाे लागि मिहिनेतफल मिल्ने दिन छ ।स्वास्थ केही नाजुक स्थिति आउन सक्छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।सकेसम्म घरबाहिर ननिस्कनु हाेला। हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा एघारौं स्थानमा रहेको छ। आज कल्पना शक्ति र सृजना शक्ति बढ्नेछ ।आज क्यारियर बनाउने दिन रहेको छ । आज सहकर्मी बाट ठिकै साथ अनि सहयोग मिल्नेछ ।बिद्यार्थी काे लागि आज मिहिनेत गर्नुपर्नेछ । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला । घरमै बस्नुहाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दिन बाहौं स्थान चन्द्रमा रहेकाे छ। आज बिग्रिएका प्राय काम बन्नेछन् । पारिवारिक जिवनमा शान्ति आउनेे छ ।ब्यपारमा सहयोगीकाे सहयोग मिल्नेछ । बिद्यार्थीकाे लागि धेरै मिहिनेतले मात्र फल मिल्नेछ स्वास्थ्य मध्यम रहेको छ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दिन प्रथम स्थान यानिकी स्वराशिमा चन्द्रमा रहेको छ । ।आज कहिबाट शुभ समाचार मिल्नेछ ।साथिभाइ तथा प्रियजन संग धेरै राम्रो दिन बित्नेछआज सबै आयाम बाट राम्रो छ।बिद्यार्थीकाे हकमा आज उत्तम दिनछ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।|आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तुला राशिको चन्द्रमा दाेस्रो स्थानमा विराजमान छ । आज लडाइझगडा र बादबिबाद बाट टाढै रहेको राम्रो हुनेछ । आजकाे दिन खर्च बढ्नेछ । आज मनमा बेचैनी छाउने छ ।बिद्यार्थीकाे लागि मध्यम दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा त्रितिय स्थान मा रहेको छ ।आज जस्,कृति र लाभ हुनेछ । आफुभन्दा ठूलाकाे सहयाेगमा काम गर्दा सफलता मिल्नेछ ।ब्यपारमा लाभ हुनेछ । बिद्यार्थीकाे लागि मिहिनेत गरे अनुरुप कार्यमा सफलता हुने छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा चतुर्थ स्थानमा रहेकाेछ ।घर तथा कार्यालयमा राम्रो बाताबरण रहनेछ ।मानसम्मानमा वृद्धि हुनेछ । बिद्यार्थीकाे लागि राम्रो छआज मन चन्चल रहनेछ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा पंचम् स्थानमा रहेको छ।आजकाे दिन मध्यम रहेकाे छ ।ब्यपार र मानसम्मानमा वृद्धि हुनेछ । बिद्यार्थीकाे लागि सामान्य छ।जिउमा आलस्यता छाउन सक्छ ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन छैटौं स्थानमा चन्द्रमा रहेका छन् । आज मनमा चिन्ता बढ्ने छ।आज खर्च बढ्ने छ ।बिद्यार्थीकाे लागि आजकाे दिन उत्तम छ। बाेल्दा बिचार पुर्याएर मात्र बाेल्नु हाेला ।बिद्यार्थीकाे लागि राम्रो छ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला । आजकाे दिन शुभ हाेस् ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा सप्तम् स्थानमा रहेका छन्।आज मानसम्मान मिल्ने छ ।मन प्रसन्न रहने छ । पढाइ राम्रो हुनेछ । मिष्ठान्न भाेजनकाे याेग छ। स्वास्थ्यमा सुघार आउने छ । बिद्यार्थीकाे हकमा राम्रो छ ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन ।जय शम्भु ।।