२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ब्राजिलमा एकै दिन थपिए ३३ हजार भन्दा बढी संक्रमित

ब्राजिलमा एकै दिन थपिए ३३ हजार भन्दा बढी संक्रमित

दक्षिण अमेरिकी देश ब्राजिल कोरोना भाइरस महामारीको हालको इपिसेन्टर बनेको छ । त्यहाँ दैनिक ३० हजारको हाराहारीमा संक्रमित थपिएका छन् । यस्तै दैनिक एक हजारको हाराहारीमा कोभिड–१९ का कारण मृत्यु भएको छ ।

अहिलेसम्म ब्राजिलमा कोभिड–१९ बाट २८ हजार ८३४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । त्यहाँ कुल संक्रमितको संख्या चार लाख ९८ हजार भन्दा बढी रहेको छ ।

महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा ब्राजिल चौथो स्थानमा पुगेको छ । फ्रान्समा भन्दा धेरै व्यक्तिको निधन ब्राजिलमा भएको छ । फ्रान्समा हालसम्म २८ हजार ७७७ जनाको ज्यान गएको छ ।

ब्राजिलमा शनिबार एकै दिन ३३ हजार २७४ जनामा संक्रमण पुष्टि भयो । त्यहाँ शनिबार मात्रै ९५६ जनाको ज्यान गयो ।

संक्रमितको संख्या अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै छ । अमेरिकामा हालसम्म १७ लाख ७० हजार भन्दा बढी संक्रमित भएकोमा एक लाख तीन हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij