माननीय कृषि मन्त्री ज्यु
नमस्कार ।
विषयः ध्यानाकर्षण सम्बन्धमा
आजभोलि पत्रपत्रिकामा कृषि मन्त्रीको योजना र कृषि विकासको ड्राइभिङ सिटमा स्थानीय लगायतका सुनौला टाईटलमा मन्त्री ज्युका विचार नजिकैबाट नियालेकै छु ।
सुन्दा लाग्छ अब केही हुनेछ । हुन पनि नहुने होईन दृढ ईच्छा शक्ति, योजना र त्यहि अनुरुपको बजेट र सहि कार्यविधि भए केही अवश्य हुन्छ ।
ईच्छा शक्ति राम्रो पाएको छु । योजनामा पुरानै शैली छ । किनकि उनले योजना बनाउन तिनै सचिवहरु र कर्मचारीलाई दिएको भान हुन्छ । जो घुमाइफिराई कृषिको अधिकांश रकम गोष्ठि सेमिनारको अलावा प्रक्रियागत झन्झटलाई समेत आफ्नो बनाउने दाउमा रहन्छन् ।
मन्त्री ज्यु, अलकति फरक रुपमा सोच्नुस् नत्र हविगत उस्तै नै होला ।
स्थानिय तहका सरकार पनि कार्यान्वयनका लागि सफल त्यतिबेला हुन्छन्, जतिबेला कार्यविधिमा झन्झटिला कुरा र अपारदर्शी नियमको जालजेल हुँदैन ।
स्थानिय सरकारलाई सफल प्रयोगमा नल्याए सङ्घीयता टिक्दैन । राज्य कोषको अत्यन्त वढि दोहन अहिले स्थानिय सरकारमा देखिन्छ । उनिहरु स्थानिय हुन्, सबैलाई चिनेका छन । को आफ्नो को अर्काको पार्टिको भनेर हरेक ठाउँमा राजनीति गर्न पोख्त नै छन् ।
उनीहरु अहिले टाठावाठा, नजिकका र असल कार्यकर्तालाई कृषि फारम दर्ता गर्न लगाएर अनुदानको ओहिरो विना काममा वितरणमा लागेका छन् । साना किसान र कृषि समुहको योजनालाई भन्दा वढि व्यक्तिगत फर्म तथा कमिसन आउने योजनामा खर्चन तल्लिन बनिरहेका छन् ।
यदि तपाईंलाई मेरा केही सुझावहरु पढ्ने र मनन गर्ने फुर्सद छ भने निम्न कुरामा ध्यान दिनुहोला नभए कृषिको लगानी फेरी पनि वालुवामा पानी सरह नै हुनेछ ।

हजुरकाे शुभचिन्तक
भबिन्द्र घिमिरे (अर्घाखाँची)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij