
शताब्दीको शहरी पहिचानबाट
भङ्गालिएकाे ऊ
नवयात्री बनेर
काराेना भाइरस
विश्वभर मानव जातीय युद्धमा
वुहानकाे मुहानबाट
पश्चिमा राेमियाे शभ्यतामा
सनसनिपुर्ण अार्तनाद गुञ्जिरहँदा,
पुरै विश्व लकडाउनमा
मुर्दाशान्तिकाे अक्षुम्य भयावह ।
तिम्रा विज्ञान र विकासे अाडम्वर
दिनानु चुर्ण बनिरहँदा,
ऊ अदृश्य छ,
सक्छौ बिर्सन उसकाे कहर?
गर्छाै कि अपिल –
युद्घ विरामका लागि ?
कि अझै हार अस्विकार गर्छाै ?
कि मिसायल युद्ध तयारि गर्छाै ?
उत्तरकाे अाँखा नअाेभाउँदै
इटली राेइरहँदा
न्युयोर्क कहाँ हाँसेकाे छ र ?
नेपाल तिमी के गर्दै छाै ?
सायद याे अग्निपरीक्षा हाे तिम्रा लागि ।
रुवाण्डा र कंगाेमा ऊ नपुगेर के भयाे र ?
ऊ तिम्रा मनाेविज्ञान भर्सेस लडिरहेको छ।
वुझ्छाै त हाेला !
ऊ विनाशक हाे ।
नवविकासकाे सुचक हाे ।
सायद वुझेकै हाेलाऊ,
भुगाेल र रङ्गकाे विभेद !
हिजाे जसले जित्याै जित्याै,
अब नहार
उसका सामु ।
ऊ साझा चुनाैति
विश्व एक घर
लाग भाइचारामा
ननाप भुगाेल
नछुट्टाऊ रङ्ग
जय विश्व मानव ।।
सर्जक गाेविन्द भट्ट तारकेश्वर स्थित ज्ञानभूमि सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij