ओम शक्ति महिला समूह सामाजिक सेवाको उद्धेश्यले स्थापना भएको संस्था हो । यो समूह वि.सं २०७५ देखि महिला दिदीहरुको सक्रियतामा स्थापना भएको हो । यस संस्थाले दीनदुखीहरुको लागि विभिन्न सहयोगहरु गर्दै आइरहेको छ । यस संस्थाको अध्यक्षको भूमिकामा सुष्मा सुवेदी छिन् ।
सुष्मा सुवेदी विगत डेढ दशक देखि समाजसेवाको क्षेत्रमा संलग्न रहँदै आएकी छिन् । वि.सं २०४९ मा झापाबाट काठमाडौंमा आएर विभिन्न कठिन सङ्घर्ष पार गर्दै आएकी उनी आफ्ना पछिल्ला दिनहरु समाजसेवाको क्षेत्रमा परिचालन गरिरहेका छिन् ।
हाल आफू क्लब मार्फत विभिन्न सामाजिक गतिविधिहरुमा संलग्न हुन सकेकोमा उनी खुसी छिन् ।
लकडाउनको अवस्थामा अहिले कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुलाई राहत उपलब्ध गराउने कार्यमा सुवेदी र उनको संस्था सक्रिय रहँदै आएको छ ।
यस संस्थाले विजयचाेक युवा क्लबकाे सहकार्यमा हिजो शनिवार कामनपा-९ मा राहत उपलब्ध गरायाे । विजयचोकमा आयाेजित उक्त भाेजनमा करिब १ सय ५० जना व्यक्तिहरु सहभागि भएकाे आयाेजक सन्ताेष नेपालले बताए । आगामी दिनमा मुलुकमा आइपर्ने कठिन परिस्थितिमा पनि यसरी नै सक्दाे सहयाेग गर्ने वचनवद्धता संस्थाकी अध्यक्ष सुवेदीले जानकारी गराएकी छिन् ।
हाल यस संस्थाले विभिन्न समयमा काठमाडाैं उपत्यकाका सबै गरी करिब ३ सय ५० लाइ राहत उपलब्ध गराइसकेकाे छ । राहत अन्तरगत दाल, चामल, तेल लगायतका वस्तु प्रदान गरिएकाे छ ।
समाजसेवामा सक्रिय रहने क्रममा अन्य व्यक्ति तथा संस्थाहरुले पनि सहयोग निरन्तर प्राप्त भएको कारण आफूहरुलाई विभिन्न गतिविधि सञ्चालन गर्न सहज भएको संस्ठाकी अध्यक्ष सुवेदीले बताइन् । सामाजिक सेवा गर्न पाएकोमा शान्ति र खुसीको महसुस हुँदै आएको समेत बताउँछिन् सुष्मा सुवेदी ।
सुष्मा अध्यक्ष रहेको यस समूहमा हाल करिब १ सय सदस्यहरु आवद्ध छन् ।
महिला दिदीवहिनीहरु चुलोचौकोमा मात्र सीमित नभई सामाजिक योगदानमा पनि केही योगदान पु¥याउन सकिन्छ भन्ने सन्देश अन्य महिलाहरुमा पनि प्रवाह गर्न यो समूह सफल रहँदै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij