भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किचेपछि १५ जना मजदुरको मृत्यु भएको छ । घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते पाँचजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनुमान गरिएको छ । यो दुर्घटना शुक्रबार बिहान सवा पाँचबजेतिर भएको बिबिसी हिन्दीले जनाएको छ ।
सबै मजदुर औरंगाबादको एक स्टील फैक्ट्रीमा काम गर्थे ।
दुर्घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij