काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले कोरोनाका कारण विदेशमा अलपत्र पर्ने नेपालीहरुलाई स्वेदश ल्याउने र उनीहरुको व्यवस्थापनबारे सरकारले बेलैमा सोविचार गर्नुपर्ने बताएका छन् । 
बिहीबार एक विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले सरकारले त्यसबारे गरिरहेको पहललाई सकारात्मक लिदै विदेशस्थित नेपालीहरूलाई अनिश्चित कालसम्म आफ्नो देशमा आउन रोक्नु व्यवहारिक नहुने पनि बताएका छन् ।
उनले लकडाउनलाई पनि अनिश्चित कालसम्म लम्बाउन नसकिने र त्यसपछि विदेशस्थित नेपालीहरू स्वत नेपाल आउन खुला हुने भन्दै त्यसपछि ठूलो सङ्ख्यामा विदेशबाट नेपाल आउने नेपालीहरूका लागि कुन अहिलदेखि नै सरकारले गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएका छन् । त्यसका लागि उनलेआगामी बजेटमा सरकारले ठोस नीति र कार्यक्रम ल्याउनु पर्नेमा समेत जोड दिएका छन् ।
सिंहले परराष्ट्रमन्त्रीले दिएको एक अन्तरवार्तामा खाडी र मलेसिया लगायतका मुलुकमा भएका नेपालीहरूलाई स्वदेश ल्याउने योजना रहेको बताएपनि भारतस्थित प्रवासी नेपालीहरूबारे केही पनि नभनिएकोमा उनीहरुबारे समेत सोच्न आग्रह गरेका छन् ।