२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अर्थतन्त्र प्रभावित हुँदै गएपछि लकडाउन केही खुकुलो बनाएर आर्थिक गतिविधि सञ्चालन गर्ने सरकारकाे निर्णय

अर्थतन्त्र प्रभावित हुँदै गएपछि लकडाउन केही खुकुलो बनाएर आर्थिक गतिविधि सञ्चालन गर्ने सरकारकाे निर्णय

सरकारले लकडाउनकाे कारण अर्थतन्त्रमा पर्न गएकाे असरलाइ लक्षित गर्दै लकडाउन केही खुकुलाे बनाउने भएकाे छ ।

सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाउने  निर्णय आजकाे मन्त्री परिषद्ले गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो । सर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्रि वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्रि वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय गरेको छ ।

उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री एवं कृषि उत्पादन ढुवानी गर्न पाउने गरी सरकारले यस्ताे निर्णय गरेको हाे । यस्तै राष्ट्रिय गौरबका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ ।
यसैगरी सरकारले इन्टरनेट, वर्कशप लगायतका क्षेत्रहरुमा बढीमा ५ जना कामदार रहनेगरी सञ्चालन गर्न पाउने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय सीमानाकाहरु भने जेठ १८ गतेसम्म बन्द रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij