चितवन – दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो ।
अस्पतालमा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौँ पठाउने भएकाे छ ।
स्वाव परीक्षणबाट मात्रै महिलाकाे मृत्यु काेराेनाकेा कारणले भएकाे हाे वा हाेइन भन्ने यकिन गर्न सकिने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए ।
अहिले विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij