२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अग्रपक्तिमा बसेर कोरोना विरुद्धको लडाइँ लड्ने शीर्ष पाँच महिलाको सूचीमा परिन् डा. रुना झा

अग्रपक्तिमा बसेर कोरोना विरुद्धको लडाइँ लड्ने शीर्ष पाँच महिलाको सूचीमा परिन् डा. रुना झा

काठमाडौं । विश्वभर कोलाहल मच्चाइरहेको कोरोना भाइरस (कोभिड १९) को उपचारमा सक्रियरुपमा अग्रपंत्तिमा देखिएका पाँच महिलाको सूचीमा केन्द्रीय प्रयोगशालाकी निर्देशक डा. रुना झा पनि पर्न सफल भएकी छन्।

युएन ओमनले एक समाचार जारी गर्दे कोभिड १९ सुरक्षा र स्वास्थ्यको लागि वर्ल्ड डे वर्कमा पहिलो पक्तिमा पाँच महिलाको कथामा राख्दै जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झालाई तेस्रो स्थानमा समावेश गरेको हो।

फेब्रुअरी १५ मा चिनको वुहान शहरबाट १७५ जना नेपाली विद्यार्थीहरुलाई नेपालमा ल्याएर कोरोनाको लागी भक्तपुरको खरिपाटीको क्वारेन्टाइनमा राखेदेखी डा. झा सक्रिय रुपमा कोभिड १९ विरुद्धको अभियानमा लागेकी हुन् ।

डा. रुना झासँगै युएन ओमनले पहिलो स्थानमा जोर्डनका दुई महिला अमल अल महायरा र हाडिल डविविलाई फोन मार्फत सहयोग तथा कोरोना सम्बन्धि जानकारी जोर्डनका महिला र सिरियाली शरणार्थीहरु माझ शेयर गरेबापत राखेको छ ।

त्यस्तै दोस्रो स्थानमा चिनको यान शेंगलियन परेकी छिन् । उनी गाउँ छिर्ने बाटोमा बसेर  गाउँमा छिर्ने प्रत्येकको कोरोना परिक्षण गर्दे आएकी छिन ।

चौथो स्थानमा चुप नलाग्नुहोस यौन हिंसा विरुद्ध लड्नुहोस भन्दै बुके लिएर बाटोमा बस्ने काजाकिस्तानकी डिना स्माइलोभा परेकी छिन् ।

कोभिड १९ बाट संकटमा परेको आफु बस्ने टापुको मानिसलाई आर्थिक सहयोग गरेबापत क्यालिफोर्नियाकी र्यानसिया हेनरी पाँचौ स्थानमा परेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij