२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पुरानो टायरमा हावा भर्दा एकको मृत्यु

पुरानो टायरमा हावा भर्दा एकको मृत्यु

मोरङ-विराटनगर महानगरपालिका वडा नम्बर १३ मा सवारीसाधनको टायर हावा भर्ने क्रममा टायर पड्किदाँ एकजनाको घटनास्थलमै मृत्यु भएको छ। बुधबार दिउँसो लकडाउनको क्रममा सवारीसाधनको चक्कामा हावा भर्ने क्रममा टायर पड्किएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ।

कार्यालयका अनुसार लकडाउनका क्रममा पसलमा रहेको पुरानो टायरमा हावा भर्दा दुर्घटना भएको हो। सो क्रममा भारत समस्तीपुरका २५ वर्षीय मोहम्मद हैदरको घटनास्थलमा मृत्यु भएको हो।पुरानो टायरमा हावा हाल्ने क्रममा रिंग उछिट्टिएर उनको टाउँको र शरीरमा लागेको प्रहरीको भनाई छ।

केहीसमयदेखि पुरानो तथा पम्चर टायर बनाउने काम गर्दै आएका हैदर विराटनगरको १३ मै अस्थायी रुपमा बसोबास गर्दै आएका थिए।

हैदरको शव कानूनी प्रक्रियाका लागि विराटनगरको कोशी अस्पताल लगिएको र थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij