२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अमेरीकी गतिविधिलाई नजिकबाट हेरीरहेको ईरानको भनाई, द्धन्दको शुरुवात आफूले नगर्ने स्पष्ट

अमेरीकी गतिविधिलाई नजिकबाट हेरीरहेको ईरानको भनाई, द्धन्दको शुरुवात आफूले नगर्ने स्पष्ट

एजेन्सी । ईरानका राष्ट्रपति हसन रोहनीले गल्फ सागर क्षेत्रमा अमेरीकी गतिविधिलाई नजिकबाट हेरीरेको बताएका छन् । यद्यपि, उनले द्धन्दको शुरुवात आफूले नगर्ने बताए । कतारका अमीर शेख तामिमसगँको टेलिफोनमा रोहनीले उक्त कुरा बताएको ईरानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गल्फमा अमेरीकी सैन्य सिपहरुलाई केही दिन अघि ईरानी सिपहरुले चेतावनी दिएको थियो । कोरोनाको कहरबीच अमेरीका र ईरानबीच तनाव बढीरहेका बेला मध्यपुर्वमा युद्ध हुने हो कि भन्ने चिन्ता बढेको छ । गत बुधबार अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानका सबै गनबोटहरु ध्वस्त पार्न नेवीलाई निर्देशन दिएको घोषणा गरे पछि तनाव बढेको हो ।

जनवरी ३ मा ईरानी सैन्य कमाण्डर क्वासीम सुलेमानीको अमेरीकाले ईराकमा हत्या गरे पछि दुई देशबीचको तनाव अझ बढेको थियो । त्यसको बदलामा ईराकमा रहेको अमेरीकी सैन्य बेसमा ईरानले दर्जनौ क्षेप्यास्त्र आक्रमण गरेको थियो । कोरोना पछि केही मत्थर भएको बिबाद फेरी बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij