काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले सरोकारवालहरुसँग छलफल गरेको हो ।
छलफलका क्रममा प्रमुख शाक्यले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट मात्रै ६२ हजार ७ सय २२ जनाले राहत प्राप्त गरेको र १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको जानकारी दिए । प्रमुख शाक्यले अहिलेसम्म काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ८ सय ५६ जनाको र्यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै अहिलेसम्मको अवस्थामा काठमाडौँ सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न महानगरवासीलाई आग्रह पनि गरे । महानगरपालिका क्षेत्रभित्रका पसललाई कहिले वडाले खोल भन्ने प्रहरीले बन्द गर्ने वा वडाबाट नखोल्नु भन्ने प्रहरीले खोल्नु भन्ने अवस्था हुँदा थप समस्या हुने भन्दै समन्वय गरेर मात्रै अघि बढ्नु पर्नेमा जोड दिए ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले अवस्था अनुसार उत्पादन क्षेत्रमा लागेकाहरुलाई सरकारको निर्णयलाई वाधा नपुग्ने गरी सहजीकरण गरेको गरेको बताए ।
छलफलमा उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले उत्पादित बस्तुहरु बजारमा ल्याउन नसक्दा मूल्यवृद्धि हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्दै गाउँ फर्किने जनशक्तिलाई रोक्ने उपायका बारेमा खोजी गर्नुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि श्रमिकहरुलाई व्यवस्थापन गर्नुपर्नेमा जोडदिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij