२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोनाविरुद्ध लड्न भारत नेपालको साथमा छ : मोदी

कोरोनाविरुद्ध लड्न भारत नेपालको साथमा छ : मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन् ।

नेपाललाई बुधबार स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै मोदीले भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताएका हुन् ।

Narendra Modi

✔@narendramodi

India-Nepal relationship is special.

 Our bonds are not only strong but also deep-rooted.

India stands in solidarity with people and the

Government of Nepal to fight COVID-19 pandemic.@kpsharmaoli https://twitter.com/kpsharmaoli/status/1252899086979592193 …

K P Sharma Oli

✔@kpsharmaoli

I thank Prime Minister Shri @narendramodi ji for India’s generous support of 23 tonnes of essential medicines to Nepal, to fight COVID-19 Pandemic. The medicines were handedover to the Minister for Health and Population today by the Ambassador of India.

नेपाल र भारतको सम्बन्ध विशेष रहेको बताउँदै मोदीले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो बन्धन केबल मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ ।’ मोदीले लेखेका छन्, ‘भारत कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाली जनता र नेपाल सरकारसँग एकजुट भएर उभिएको छ ।’

भारतले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । सो सहयोग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका छन् । त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै सहयोगका लागि धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij