२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

क्यानडामा अन्धाधुन्द गाेली चलाउँदा १३ को मृत्यु

क्यानडामा अन्धाधुन्द गाेली चलाउँदा १३ को मृत्यु

क्यानडामा प्रहरीको पोसाक लगाएका एक व्यक्तिद्वारा नोभा स्कोटिया प्रान्तमा अन्धाधुन्ध गोली चलाउँदा महिला पुलिस अधिकारीसहित कम्तीमा १३ जनाको मृत्यु भएको क्यानडाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले बताएको छ ।

१२ घण्टासम्म चलेको उक्त बितन्डा आक्रमणकारी कारमा फरार भएपछि समाप्त भएको थियो । आक्रमणकारीको पनि मृत्यु भएको बताएका छन् । यद्यपि, उनको मृत्यु कसरी भयो भन्नेबारे उल्लेख गरिएको छैन । नोभा स्कोटिया ग्रामीण शहरमा बन्दुकधारी शनिकार राती घुसेको भन्ने सूचना पाएपछि प्रहरीले त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनेको थियो ।

बन्दुकधारीले प्रहरीले प्रयोग गर्ने कारमा सवार भएर नोभा स्कोटियाका विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली चलाएको बीबीसीले बताएको छ । तसर्थ मृतकको अन्तिम संख्या अझैसम्म प्राप्त नभएको प्रहरीले बताएको छ ।

आक्रमणकारीको पहिचान ५१ वर्षीय ग्याबरिएल बोर्टम्यानको रुपमा भएको छ । आइतबार उनलाई हिरासतमा लिइएको रोयल क्यानडियन माउन्टेन प्रहरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार उक्त व्यक्तिले प्रहरीको पोशाक लगाएको र प्रहरीको सवारी साधन प्रयोग गरेको जनाएका छन् । तर उक्त व्यक्ति आरसीएमपी (रोयल क्यानाडिएन माउन्टेड प्रहरी) द्वारा भर्ना गरिएको हैन भनी प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij