२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

लकडाउनको प्रभाव जलविद्युतमाः समयमा काम नसकिने, लागत महँगो हुने

लकडाउनको प्रभाव जलविद्युतमाः समयमा काम नसकिने, लागत महँगो हुने

छविराज पोखरेल, प्रमुख कार्यकारी अधिकृत, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड

अहिले सृजना भएको विषम परिस्थितिको कारण नेपालमा निर्माणाधिन अवस्थामा रहेका जलविद्युत आयोजनाहरुमा निकै नै अप्ठ्यारो स्थिति सृजना भएको छ । नेपालमा अहिलेको अवस्थामा केही ठूला राष्ट्रिय गौरवका आयोजना बाहेक अधिकांश आयोजनाको निर्माण कार्य बन्द छ । सबैजसो आयोजना जुन अवस्थामा थिए, त्यही अवस्थामा नै रोकिएका छन् ।

निर्माणको क्रममा अघी बढेका आयोजनाहरुमा निर्माण कार्य समयमा नसकिने निश्चित देखिएको छ । यसको अलावा आयोजनाहरुको लागत निकै नै बढ्ने अवस्था सृजना भएको छ । लकडाउन कहिले सम्म लम्बिने हो भन्ने कुराको समेत कुनै सुनिश्चितता नभएको कारण नेपालको पूर्वाधार निर्माण क्षेत्र अन्यौलमा छ ।

नेपालमा कतिपय ठूला र राष्ट्रिय गौरवका आयोजनाहरु विषम परिस्थिति बीच पनि सञ्चालनमा नै छन् । अहिले विगतको जस्तो सहज परिस्थिति नभएको कारण निकै कम जनशक्तिबाट काम गर्नुपर्ने अवस्था छ । साथै अहिलेको परिस्थितिमा आवश्यक सामानहरुको आपुर्ति कार्य समेत त्यति सहज नभएको कारण पहिले नै साइटमा उपलब्ध भएका सामानहरुमा नै निर्भर रहनुपर्ने अवस्था छ । निर्माण सामाग्रीहरु ओसारपसारमा खासै बाधा नभएपनि सहज रुपमा चाहेबमोजिम सामानहरु पाउन सक्ने अवस्था छैन ।
प्रयाप्त जनशक्ति र साधनस्रोतको समेत अभाव रहेको कारण नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको समेत कार्य प्रगति समेत अत्यन्तै सुस्त छ । जुन स्वभाविक पनि हो । यसको अलावा यस क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले निकै नै जोखिम मोलेर व्यवसायमा खटिनुपर्ने अवस्था छ ।

निर्माणको क्रममा अघी बढेका आयोजनाहरुमा निर्माण कार्य समयमा नसकिने निश्चित देखिएको छ । यसको अलावा आयोजनाहरुको लागत निकै नै बढ्ने अवस्था सृजना भएको छ । लकडाउन कहिले सम्म लम्बिने हो भन्ने कुराको समेत कुनै सुनिश्चितता नभएको कारण नेपालको पूर्वाधार निर्माण क्षेत्र अन्यौलमा छ ।

राज्य आफैंमा समस्यामा छ । अहिले जुन परिस्थिति सृजना भएको छ, त्यो हाम्रो कल्पना भन्दा बाहिरको परिस्थिति हो । यस्तो परिस्थितिमा अवस्थालाई सामान्य बनाउँदै जोखिम नियन्त्रणको लागि सबै सचेत र जागरुक हुनु निकै जरुरी छ । हरेक गतिविधि सञ्चालनपूर्व हामीले विशेष सतर्कता अपनाउँदै हाम्रा गतिविधिहरु अघी बढाउनु जरुरी रहन्छ ।
साथै अहिलेको समयमा हामी सबको सम्पूर्ण ध्यान मुख्यतः प्रकोप नियन्त्रणमा नै केन्द्रित गर्नुपर्ने अवस्था छ । पूर्वाधार तथा निर्माण मुलुकको विकासको लागि अत्यावश्यक क्षेत्र हुँदाहुँदै पनि तत्कालको परिस्थितिमा आफ्नो सुरक्षा र स्वास्थ्यलाई ख्याल राख्नु नै महत्वपूर्ण विषय बनेको छ । सोही बमोजिम अहिले इन्जिनियरिङ क्षेत्रका जनशक्ति समेत प्रकोप तथा जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्ने अवस्था छ । यद्यपि निर्माण तथा पूर्वाधार सम्बन्धी कामहरु गर्ने अवस्थामा पनि सरसफाई र सामाजिक दूरी कायम गर्नु विशेष महत्वपूर्ण हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij