२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

लकडाउनविरुद्ध ब्राजिलमा पनि प्रदर्शन

लकडाउनविरुद्ध ब्राजिलमा पनि प्रदर्शन

एजेन्सी–लकडाउनविरुद्ध ब्राजिलमा पनि प्रदर्शन भएको छ। ब्राजिलको रियो दि जेनेरियो, साओपाउलो र राजधानी ब्रासिलियामा जम्मा भएका मानिसहरुले हप्तौं लकडाउन हुँदा व्यवसाय गर्न नपाएको भन्दै गभर्नरहरुको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्। मानिसहरु आ–आफ्ना ट्रक, कार र मोटरसाइकलसहित प्रदर्शनमा उत्रिएका थिए।

रियो दि जेनेरियोमा राज्य सभासद् एण्डर्सन मोराइसकै आव्हानमा प्रदर्शन भएको थियो। ‘बाच्नु नै अहिलेको अवस्थामा सबैभन्दा महत्वपूर्ण हो, भोलिको चिन्ता गरेर हामी निर्णय लिन सक्दैनौं, आफ्ना बच्चा भोकै परेको एउटा परिवारले कसरी हेर्न सक्छ?’ उनले भने।
ब्राजिलमा राष्ट्रपति जायर बोल्सोनारो आफैं पनि लकडाउनविरुद्ध छन्। उनले अर्थतन्त्र पुनः खोल्ने संंकेत दिएका छन्। उनले केही लोभी राजनीतिज्ञका कारण सबै कुरा बन्द गराएर त्रास सिर्जना गरिएको भन्दै आलोचना पनि गरेका  छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij