२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कोरोनाका कारण विश्वभर मृत्य हुनेको संख्या एक लाख ६० हजार नजिक

कोरोनाका कारण विश्वभर मृत्य हुनेको संख्या एक लाख ६० हजार नजिक

संक्रमित २३ लाख १८ हजार भन्दा धेरै

बैशाख ७ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण मृत्यु हुने र संक्रमित बढ्ने क्रम दिनहुँ बढ्ने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा यूरोप, अमेरीका, एशिया, ल्याटीन अमेरीका सहितका मुलुकमा ५ हजार बढी मानिसको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा कमी हो ।

जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार अहिले सम्म कुल मृतकको संख्या एक लाख ६० हजार नजिक पुगेको छ भने संक्रमितको संख्या २३ लाख १८ हजार भन्दा बढी भएको छ ।
कोरोनाबाट सबै भन्दा बढी मृत्यु हुनेको संख्या अमेरीकामा रहेको छ । यहाँ पनि अघिल्लो दुई दिनको तुलनामा एकै दिनमा कम मानिसको मृत्यु भएको छ । शनिबार एकै दिन अमेरीकामा १८ सय बढी ९१ मानिसको मृत्यु भएको छ । त्यहाँ कुल मृतकको संख्या मृतकको ३८ हजार ६ सय ६४ पुगेको छ भने संक्रमितको संख्या सात लाख ३२ हजार एक सय ९७ पुगेको छ ।

त्यस पछि धेरै मृत्यु हुनेमा ईटाली रहेको छ । त्याहाँ पछिल्ला दिनहरुमा मृत्यु संख्यामा भने केही कमी आएको छ । त्यहाँ २३ हजार २ सय बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ७५ हजार नाघेको छ ।

त्यस पछि विश्वकै संक्रमणका हिशाबले अमेरीका पछि दोस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ९१ हजार पुगेको छ ।

त्यस पछि फ्रान्समा १९ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ५० हजार नजिक पुगेको छ ।

त्यसै गरी बेलायतमा मृतकको संख्या १५ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एकै दिन ६ हजार बढेर एक लाख १५ हजार पार भएको छ ।

जर्मननीमा ४४ सय ५९ जनाको मृत्यु भएको छ भने एक लाख ४३ हजार ३ सय बढी संक्रमित छन् ।
ईरानमा मृतकको संख्या ५ हजार नाघेको छ भने संक्रमित ८० हजार नाघेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या तीव्र वृद्धि भएर ८२ हजार ३ सय नाघेको छ भने मृतकको संख्या १९ सय नजिक पुगेको छ ।

बेल्जियममा मृतकको संख्या ५४ सय नाघेको छ भने संक्रमित ३७ हजार पार भएको छ ।
त्यस पछि ब्राजिलमा मृतकको संख्या २३ सय नाघेको छ भने संक्रमित ३६ हजार पुगेको छ ।
क्यानडामा मृतकको संख्या १४ सय पुगेको छ भने संक्रमित ३४ हजार ३ सय भन्दा बढी छ ।

नेदरल्याण्डमा ३६ सय बढीको मृत्यु भएको छ भने ३१ हजार बढी संक्रमित छन् ।
रुसमा संक्रमितको संख्या ३७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ३ सय १८ पुगेको छ ।
स्वीजरल्याण्डमा १३ सय बढीको मृत्यु भएको छ भने २७ हजार बढी संक्रमित छन् ।
उता पोर्चुगलमा २० बढी संक्रमित छन् भने ६ सय ८७ जनाको मृत्यु भएको छ ।

यता भारतमा १५ हजार ७ सय २२ जना संक्रमित भएका छन् भने मृतकको संख्या ५ सय २१ पुगेको छ । भारतमा एकै दिनमा एक हजार भन्दा बढी संक्रमित भएका हुन् । यसै गरी पाकिस्तानमा संक्रमितको बृद्धि दरमा केही कमी आएको छ त्यहाँ संक्रमितको संख्या ७ हजार ९ सय पुगेको छ भने मृतकको संख्या एक सय ४८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij