२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

लकडाउनको उपलब्धि : मैले मलाई चिनेँ

लकडाउनको उपलब्धि : मैले मलाई चिनेँ

म १६ वर्षमा लाग्दैछु । कक्षा ११ मा पढ्छु । २०७२ सालको महाभुकम्पमा ८ कक्षामा पढ्दै थिएँ । भुकम्पका बेलाको छुट्टै त्रास थियो, कोरोना महामारीको छुट्टै अनुभव भइरहेको छ । महामारी र आपत पनि कस्ता कस्ता आइलाग्छन् । भुकम्पका बेला घर बाहिर निस्किएर खुल्ला ठाउँमा सपरिवार र साथीहरूसँग सँगै बस्न पाइन्थ्यो तर अहिले घर परिवारसँग पनि डर, घरबाट बाहिर निस्किन नपाइने, पाहुना आउन पनि दिन नहुने, आफू पनि जान नमिल्ने । विदेशबाट आएकालाई त झन् हेर्न पनि नहुने जस्तो भएको छ ।
अहिले मेरो दैनिकी बदलिएको छ । बुबा ममीका दु:ख बुझ्न थालेको छु । बाहिर निस्कन नपाएपनि दाजु, बुबासँगसँगै क्यारामबोर्ड, ब्याटमिन्टन खेल्छु । कहिलेकाहीँ बाबाको मोबाइलमा फोन आउँछ, सँगै बसेर सुन्छु । कुनै फोन ऋणधनका हुन्छन्, कुनै फोनमा खान गाह्रो परेकालाई सहयोग गर्ने खबर आएका हुन्छन् ।
मेरो दैनिकी थियो; बिहानै उठेर कलेज जाने, १२ बजेतिर घर फर्कने, ममीले तयार पारिदिएको खाना खाने, मोबाइल समाउने र साथीहरूसँग गेममा रमाउने, साँझ हुनलाग्छ, ममी र बाबा आ-आफ्नो अफिसबाट घर आउनुहुन्छ । मलाई को आउँथ्यो को जान्थ्यो त्यसको कुनै प्रबाह लाग्दैनथ्यो । घरमा कोही आउँदा मलाई बोलाउन खोज्थे, उल्टै म झर्कन्थेँ । खाना पाक्थ्यो, ममीले खान बोलाउनु हुथ्यो, सरासर गएर पस्किएको खाना खान्थेँ र खाएको थाल कचौरा पनि नउठाइ उठेर रुममा गयो, फेरि रातिसम्म गेम खेल्यो ।
तर अहिले मेरो दैनिकी बदलिएको छ । बुबा ममीका दु:ख बुझ्न थालेको छु । बाहिर निस्कन नपाएपनि दाजु, बुबासँगसँगै क्यारामबोर्ड, ब्याटमिन्टन खेल्छु । कहिलेकाहीँ बाबाको मोबाइलमा फोन आउँछ, सँगै बसेर सुन्छु । कुनै फोन ऋणधनका हुन्छन्, कुनै फोनमा खान गाह्रो परेकालाई सहयोग गर्ने खबर आएका हुन्छन् । घरमा (गाउँमा) रहनुभएका हजुरबुबा र हजुरआमासँग कुरा गर्नुहुन्छ, दु:खसुखका कुरा सुन्छु । साँच्चिकै मलाई अनौठो आभास भएजस्तो लाग्छ ।
मेरो ममीले तीन वर्ष अघि दाइले किनेर चलाइ पुरानो भएको मोबाइल चलाउनु हुन्छ । बाबाको पनि मोबाइल सामान्य नै छ, तर मेरो र दाइको मोबाइल बजारमा चलेको मध्येको नयाँ र ब्रान्डेड खालका छन् । काठमाडौंको बसाइँ, फ्लाइटको भाडा, हाम्रो खर्च, गाउँमा रहनु भएका हजुरबुबा र हजुरआमालाई हुने खर्च र उहाँहरूलाई पठाइ रहनुपर्ने औषधि आदि आदिको खर्चको बारेमा बल्ल ज्ञान हुन थालेको छ । मलाई यस्तो अवसर यो भन्दा अगाडि किन भएन ? भन्ने लागेको छ ।
अहिले घरको बसाइँ सँगै मेरो दैनिकीमा परिवर्तन आएको छ । खाना पकाउने ज्ञान भएको छ । पारिवारिक जिम्मेवारी वहन भएजस्तो लागेको छ । हिजोका दिनमा ओछ्यानबाटै चिच्याएर ममी चिया बनेन ? अहिलेसम्म खाना बनेको छैन ? आजको खाजा के हो भनेर झर्किदै सोध्थेँ तर आज यसरी सोध्ने बानीमा परिवर्तन आएको छ ।
अहिले घरको बसाइँ सँगै मेरो दैनिकीमा परिवर्तन आएको छ । खाना पकाउने ज्ञान भएको छ । पारिवारिक जिम्मेवारी वहन भएजस्तो लागेको छ । हिजोका दिनमा ओछ्यानबाटै चिच्याएर ममी चिया बनेन ? अहिलेसम्म खाना बनेको छैन ? आजको खाजा के हो भनेर झर्किदै सोध्थेँ तर आज यसरी सोध्ने बानीमा परिवर्तन आएको छ । गाउँबाट हजुरबुबा र हजुरआमाले फोन गरेर हाम्रो प्यारो नाती खोइ ? कता छ ? फोन उसलाई देऊ त भनी ममीसँग सोधिरहँदा लकडाउन भन्दा अगाडि झर्को लागेर आउँथ्यो तर अहिले उहाँहरूसँगै कुरा गर्दा आनन्द लाग्न थालेको छ; त्यतिमात्र होइन, अहिले आफैंले फोन गरेर हजुरबुबा के छ हालखबर ? हजुरआमा के गर्दै हुनुहुन्छ ? खाना खानुभयो ? आज तरकारी के पकाउनु भएको छ भनेर सोध्छु । उहाँहरू खुसी हुनुहुन्छ । उहाँहरू खुसी हुँदा र हाँसेको सुन्दा मनमा आनन्द लागेर आउँछ ।
अहिले पनि मैले पढाइ गरेकै छु, साथीहरूसँग गेम पनि खेलेकै छु, पकाउन पनि सिकेको छु, बुबा आमासँग समय बिताएको छु, घरायसी समस्या बुझेको छु, घरमा हुने खर्चपर्चको ज्ञान लिएको छु । आखिर हुँदो रैछ त सबै कुरा । हुन त यस्ता महामारी आउनु हुँदैन तर पनि एक एक समस्याका एक एक उपाय भन्छन् । यो चुनौति त हुँदै हो अवसर पनि रहेछ । जेहोस् कोरोना महामारीको लामो लकडाउनले मलाई धेरै धेरै कुरा सिकाएको छ । वास्तविकतामा मैले जीवन बुझ्न सहयोग पुर्याएको छ । सबैले यस्ता चुनौतिलाई अवसरका रूपमा उपयोग गरौँ । धन्यवाद ।

सन्तोष पोखरेल

स्थायी ठेगाना- धुर्कोट गाउँपालिका-४, जैसिथोक

 हाल-काठमाडौं, धुम्बाराही

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij