२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सिद्ध बाबालाई दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै धरौटीमा रिहा

सिद्ध बाबालाई दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै धरौटीमा रिहा

बलात्कार आरोपको मुद्दामा प्रहरी हिरासतमा रहेका जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेती १ नम्बर इजलासले दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै सिद्धबाबालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

विभिन्न सञ्चार माध्यममा सिद्धबाबा माथी बलत्कारको आरोप भन्ने समाचार प्रकाशित भए पनि सिद्धबाबालाई ति महिलाले धेरै पटक ‘एकान्तमा भेट्ने’ इच्छा व्यक्त गरेको तर भेट्न इन्कार गरेपछि बलात्कारको आरोप लगाइएको बताइएको छ ।

अनुशासित भएर बिरोध पर्दशन गर्दै सिद्धबाबाका अनुयाइ

महिलाले गिरीको फेसबुकमा कयौ म्यासेज पठाउदै एकान्तमा भेट्न इच्छा व्यक्त गरेको म्यासेज र भेट गराइदिन आश्रमका अन्य अनुयायीहरुलाई पनि आग्रह गरेको तथ्य भेटिएको हो ।

बलात्कार आरोप लागेका सिद्घबाबालाई ति महिलाले पठाएको म्यासेजमा आफु ‘एकोहोरो प्रेम’ मा परेको र बाँकी जिवन हजुरसगै बिताउने… जस्ता धेरै म्यासेज पठाएकी थिईन ।

अनुशासित भएर बिरोध पर्दशन गर्दै सिद्धबाबाका अनुयाइ

गल्ती प्रमाणित भए सम्मानित अदालतको निर्णय अनुसार जस्तो सुकै सजाय भोग्न तयार छु भनेका सिद्ध बाबालाई दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै धरौटीमा रिहा गर्न अदालतले आदेश दिएसँगै तीनलाख अदालतमा बुझाएर सिद्धबाबा रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij