२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पर्यटन बर्ष सफल पार्न सबैकाे सहयाेग अावश्यक छः पर्यटन मन्त्री

पर्यटन बर्ष सफल पार्न सबैकाे सहयाेग अावश्यक छः पर्यटन मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार,उधोग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले ‘भ्रमण वर्ष’ लाई सफल बनाउन सवैक्षेत्रलाई सहयोगका लागि आव्हान गरेकी छिन् ।

“नेपाल भ्रमण वर्ष, २०२० “प्रदेश स्तरिय समितिको दोस्रो बैठक लाई सम्बोधन गर्दै पर्यटन वर्ष सफल पार्न सवै क्षेत्रको सहयोग आवश्यक रहेकी वताएकि हुन ।

“यहाँको धार्मिक तथा अन्य पर्यटन क्षेत्र पर्यटकका लागि आकर्षक केन्द्र वन्ने कुरामा दुई मत छैन, पाहुनाको सत्कारमा ध्यान दिऔं “ मन्त्री भट्टले भनिन्, ‘पर्यटन क्षेत्रको विकास गर्न सके वेरोजगारी समेत घट्दै जानेछ ।’

भ्रमण वर्षलाई सफल बनाउन सुदूरपश्चिमको धनगढीमा शुक्रवार वसेको दोश्रो बैठकले विभिन्न निर्णय गरेको पर्यटन समितिका सदस्य सचिव भोजराज पाठकले वताए ।

बैठकले प्रदेस स्तरिय मुल समितिलाई सहयोग पुग्ने किसिमले विभिन्न तिनवटा उपसिमिति गठन गरेकोछ । प्रचार प्रसार उपसमितिमा किसोर खडका, सम्न्वय उपसमितिमा परमान्नद भण्डारी,धार्मिक सास्कृतिक उपसमितिमा रमेश भण्डारी रहेकाछन । यसैगरि सचिवालय समेत गठन गरिएको सदस्य सचिव पाठकले वताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij