काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक प्रविधियुक्त दूर वैठक सम्पादन भएको छ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद् वैठक भिडिओ कन्फेरेन्समार्फत् सञ्चालन गरेपछि यो इतिहासमै पहिलो प्राविधिक वैज्ञानिक वैठक बन्न पुगेको हो ।सोमबार दिउसो भएको उक्त वैठकमा प्रधानमन्त्री ओलीको उक्त वैठक प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट मार्फत् सार्वजनिक गरेका थिए । 
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले पनि फोटो पोस्ट गर्दै प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा सरिक रहेको पुष्टि गरेका थिए ।
प्रधानमन्त्री सिंगापुर जानुअघि मन्त्रिपरिषद् बैठकले भिडिओ कन्फेरेन्समार्फत् पनि मन्त्रिपरिषद् बैठक डाक्न सकिने निर्णय गरेर गएका थिए । वैठक पछि प्रधानमन्त्री ओलीले पनि आफ्नो ट्विटर मार्फत् प्रविधि र प्राविधिकलाई धन्यवाद दिएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij