बुटवल | मुल्यांकनकर्ता ईन्जिनियरहरुको छाता सस्था नेपाल भ्यालुअर्स एसोसिएसन लुम्बिनी च्याप्टरको दोस्रो साधारण सभा तथा अधिवेशन ड्रीमल्याण्ड रिसोर्ट मणिग्राममा शनिवार सम्पन्न भएको छ | अधिवेशनले पुनः एक कार्यकालको लागि ई. शैलेन्द्र प्रसाद श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ |

अधिवेशन वाट , उपाध्यक्ष ई. यमलाल पाण्डे, सचिव ई. गोविन्द पंगेनी, सह-सचिव ई. प्रदिप वन, कोषाध्यक्ष ई. नवसुजित भन्डारी, सदस्यहरूमा ई. विनय पिया, ई. कृष्ण प्रसाद पराजुली, ई. सन्तोष पाण्डे, ई. राजेश कोहार, ई. विवेक कुमार गुप्ता र ई. सतिश कुमार गुप्ता सर्बसम्बत निर्वाचित हुनुभएको छ।
अधिवेशनको खुल्ला सत्र तिलोत्तमा नगरपालिकाका प्रमुख श्री बासुदेव घिमिरेको प्रमुख आतिथ्य एबम ई. शैलेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामामा सम्पन्न भएको थियो | प्रमुख अतिथी नगर प्रमुख बासुदेव घिमिरेले मुल्यांकनकर्ताको महत्त्व अत्यन्त रहेको बताउदै तिलोत्तमा नगरपालिका हरेक काममा साथ र सहयोगको लागि तयार रहेको बताउनु भएको थियो |
बिशेष अतिथिको रुपमा नेपाल भ्यालुअर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ई. ऋषी कोइराला र महासचिब ई. लक्ष्मण बाबु सेढाईले मुल्यांकनका क्षेत्रमा भएका बिधमान समस्या र समाधानका उपायहरुको बारेमा आफ्ना भनाइहरु प्रस्तुत् गर्नु भएको थियो | एसोसिएसनका सल्लाहकार ई. टंक कंडेल, ई. दुजेन्द्र बस्नेत, ई. सिताराम भक्त र नेपाल इन्जीनियर्स एसोसिएसन प्रदेश नं ५ का अध्यक्ष ई. कुशुम ज्ञवाली, केन्द्रीय सदस्य ई. जीवन अर्यालले यसको आबश्यकता देशको बिकासमा पुर्याएको योगदान, चुनौती र उपयोगिताको बारेमा आ-आफ्ना विचार प्रकट गर्नु भएको थियो |

साथै बन्द सत्रका खुल्ला अन्तरकृया क्रममा मुल्यांकनका बारेमा भोगिएका समस्याका बारेमा बिस्तृत छलफल भएको थियो | यो कार्यलाई अझ मर्यादित बनाउन र यसको गरिमा बढाउन सबै सदस्यहरु लाग्ने प्रतिबद्धता समेत ब्यक्त भएको थियो |
कार्यक्रममा स्वागत ई सुमन श्रेष्ठ गेर्नु भएको थियो भने सन्चालन सचिव ई यमलाल पाण्डे ले गर्नु भएको थियो | बन्द सत्रले कोषाध्यक्ष र सचिवको प्रतिवेदन सुझाव सहित पारित गरेको थियो |