सिन्धुपाल्चाेक । माथिल्लो चाकु स्थित जलविद्युत् आयोजना निर्माण स्थलमा यही चैत्र १२ गते ग्यास सिलिण्डर पड्कँडा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 
उक्त विष्फोटमा दुई जनाको शवको केही भाग उक्त घटनास्थलमा नै फेला पारेको थियो भने केही भने टुक्रा टुक्रा अवस्थामा लास भेटिएको सिन्धुपाल्चोक प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त घटना भएको स्थलमा शवका केही भाग फेला परेको र चारै जनाको मृत्यु भएको कुरा सिन्धुपाल्चोक प्रहरीले पुष्टि गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीका अनुसार मंगलवार दुई जनाको कपाल लगायतका शवका केही अंश फेला परेकाेले चारै जनाको मृत्यु भएको घोषणा गरिसकेको समेत बताए ।
सोमबार बेलुकी ६ बजेतिर भान्साकोठामा सिलिण्डर पड्ँकदा उक्त जलविद्यत् निर्माणाधिन स्थलमा कार्यरत रहेका मजदुर मृत्यु हुनेहरुमा दोलखा जिल्ला गौरीशंकर गाऊँपालिका वडा नं. ७ सिक्पाश्वरका भाइकाजी शेर्पा, हुम्ला घर भएका सन्डुप लामा, हेटौंडाका एचएम थापा मगर र ओखलढुङ्गाका गोपाल श्रेष्ठको मृत्यु भएको कुरा प्रहरीले जानकारी दिएको छ । उक्त घटनास्थलमा मृत्यु भएकाहरुको कसैको शव पनि राम्रो अवस्थामा भने भेटिएको छैन । दुईजनाको भने कपाल मात्रा भेटिएको कुरा प्रहरीले जानकारी दिएको छ । उक्त मजदुरहरु बस्ने घरका केही टहराहरु पनि पूरै ध्वस्त अवस्थामा रहेको छ । यो घटनाहुँदा खेरी ठूलो नै आर्थिक क्षति भएको छ, जसमा निक ठूलाे धनराशिका सामानहरु समेत नष्ट भएका थिए ।
उक्त घटनास्थल सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट केही टाढा रहेको र भोटेकोशी गाऊँपालिका अन्तर्गतको फुल्पिङकट्टिमा जलविद्युत आयोजनाको बाँधस्थल नजिकै रहेको ग्यास बिस्फोट भएर उक्त घटना भएको प्रहरीले
जानकारी दिएको छ ।
भाइकाजी शेर्पा सानो छँदासमेत आफैंले केही न केही गर्नुपर्छ भन्ने मान्यताबाट प्रेरित अत्यन्तै इमान्दार र लगनशिल व्यक्ति थिए । राम्रो ज्ञान र तिखो बुद्धिका खानी एक असल र इमान्दार देश र समाजलाई नै केही गर्नुपर्छ भन्ने खालका एक हाेनहार युवा विकासप्रेमि भतिज गुमाउनु पर्दा मलाई धेरै दुख लागेको छ, वास्तवमा नै भन्नुपर्दा यो घटना सुन्दा मलाई अचम्म लाग्यो । कसैले पनि नसोचेको दुखद घटना घट्यो, त्यस बेला म काठमाण्डौमा गाउँमा भएका बुबा आमाहरुका लागि बृद्धा भक्ता बाड्नका निम्ति काठमाण्डौंमा गएका थिए । अन्ततः बीचमा नै काम अधुरो राखेरा नै फर्कनुपर्यो, भावुक हुँदै मृर्तकका अंकल तथा गौरिशंकर गाऊँपालिका वडा नं. ७ का वडा अध्यक्ष आङदोर्जे शेर्पा ‘रिन्जी’ अत्यन्त दुख व्यक्त गर्दै भक्कानिँदै यसो भन्छन् । उक्त घटनामा मृत्यु हुनेहरु चारै जनाप्रति हार्दिक श्रद्धान्जलि तथा शोकसन्तृप्त परिवारजनमा भगवानले धैर्यता प्रदान गरुन्, हामीहरु सबैको उहाँहरु प्रति श्रद्धासुमन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij