२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

हस्तलेखन प्रतियाेगितामा नेशनल माेडलका विद्यार्थीहरु उत्कृष्ट

हस्तलेखन प्रतियाेगितामा नेशनल माेडलका विद्यार्थीहरु उत्कृष्ट

TC star द्वारा आयोजित Nation Wide Handwriting Competition-2075 मा नेसनल माेडल इङ्गलिस सेकेण्डरी स्कुलले उत्कृष्ट स्थान हासिल गरेकाे छ ।

देश भरिका करिब १० हजार विद्यालय र करिब ५० हजार विद्यार्थीहरू बीच भएको उक्त प्रगियाेगितामा नेपाली हस्तलेखन तर्फ नेशनल मोडल ई. सेकेण्डरी स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्रा बिरूना तामाङले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।

यसैगरी साेही विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रियाङ्का भन्डारीले अंग्रेजी तर्फकाे हस्तलेखन प्रतियाेगितामा प्रथम स्थान हासिल गरेकी छिन् ।  द्वितीय स्थान साेही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा बिनिता घतानीले  हासिल गरेकी छिन् ।

नेसनल माेडल स्कुलमा  नै अध्ययनरत छात्राहरु प्रीति गुरूङ र चन्दु लामा सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

हस्तलेखन प्रतियाेगिताका विजेताहरुले क्रमशः नगद नगद रकम २५०००/-, २५०००/-, १५०००/-, ६०००/- र ३०००/-प्राप्त गरेका छन् भने उनीहरूलाइ ट्रफी, मेडल र प्रमाणपत्रबाट  समेत सम्मान गरिएकाे छ ।

विजेताहरुलाइ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट सम्मानित  गरिएकाे हाे ।

नेशनल माेडल स्कूल विद्यार्थीकाे अन्तरनिहित प्रतिभा प्रष्फुटनकाे लागि विशेष तवरले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएकाे छ ।

विद्यार्थीहरुले निरन्तर उत्कृष्ट प्रतिभा प्रस्फुटन गर्न सकेकाेमा आफूलाइ निकै गर्वान्वित महसुस भएकाे विद्यालयका प्रिन्सिपल डि‍एन अधिकारीले सेताेघर डट कमलाइ बताउनुभएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij