२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेशनल माेडल स्कुलकाे बार्षिकाेत्सव सम्पन्न

नेशनल माेडल स्कुलकाे बार्षिकाेत्सव सम्पन्न

नेशनल मोडल इङ्गलिस सेकेण्डरी स्कुलको १५ औं बार्षिक अभिभावक दिवस तथा पुरष्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । बालाजुको नेपालटार क्षेत्रबाट सञ्चालन भईरहेको यस स्कुलले नेपालटारकै कान्तिपुरी एबि पार्टी प्यालेसमा एक विशेष समारोह बीच उक्त कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको उपस्थिति रहेको थियो । यसैगरी प्रदेश सांसद वसन्त मानन्धर उक्त समारोहमा विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षासेवीहरु, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायत अभिभावक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति बीच सम्पन्न भएको उक्त अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरुले आफूहरुले विद्यालयबाट सिकेका प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम निकै नै मनोरञ्जनात्मक र उल्लासमय तवरले सम्पन्न भएको थियो । औपचारिक शिक्षाको अलावा व्यावसायिक सीप, क्षमता र चरित्र विकासमा जोड दिँदै आएको यस विद्यालयले आफ्ना बालबालिकाको भविष्य सुनिश्चित गर्न ठूलो योगदान गरेको एक अभिभावक कृष्ण प्याकुरेलले सेतोघर डट कमसँगको भलाकुसारीको क्रममा बताएका छन् ।

शुरुमा ४० जना विद्यार्थीबाट शुरु भएको यो विद्यालयमा हाल अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या करिब ९ सय छ । यो अवस्थामा आफूहरु पुग्न सक्नुमा अभिभावकहरुको माया र विश्वास नै महत्वपूर्ण रहेको विद्यालयका प्रिन्सिपल डि.एन अधिकारीले बताउनुभएको छ । साथै अबको शैक्षिक सत्र देखि कक्षा ११ र १२ का कक्षाहरु सञ्चालनको लागि विद्यालयले स्वीकृति लिइसकेको र उक्त कार्यक्रम सञ्चालनको अलावा विद्यालयका आगामी योजना र भावी कार्यदिशा सम्बन्धी समेत प्रिन्सिपल अधिकारीले आफ्नो धारणा प्रस्तुत गर्नुभएको छ ।

साथै विद्यालयले ३ जना पूर्वविद्यार्थीहरु डा. प्रवेश जमकट्टेल, नेपाली सेनाका सहसेनानी हेम लामा र नेपाल प्रहरीका इन्स्पेक्टर रोहित फुयाँललाई पूर्वपरराष्ट्रपतिको हातबाट सम्मान समेत गरेको छ ।
कार्यक्रममा वक्ताहरुले विद्यालय निरन्तर रुपमा संस्कार र दक्षता विकासको गतिमा अघी बढिरहेकोमा कृतज्ञता प्रकट गर्नुभएको छ ।

कार्यक्रमका विशेष अतिथि मानन्धरले सोही कार्यक्रमको अवसर पारेर सरकार शिक्षामा रहँदै आएको २ किसिमका संरचनालाई अन्त्य गर्दै शिक्षामा सबैको पहुँच स्थापना गर्ने मान्यता सहित आयोग गठन गरेर अघी बढेको र यस क्रममा पनि निजी लगानीको सम्मान र सुरक्षा गरिने बताउँदै सबै विद्यालय सञ्चालकहरुलाई निर्धक्कतापूर्वक अघी बढ्न आग्रह गर्नुभयो । अन्य अतिथिहरुले पनि विद्यालयलाई शुभकामना र प्रगतिकाे कामना गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij