२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बरुण वेभरेज नेपाल र वितरक महासंघकाे वार्ता सफल

बरुण वेभरेज नेपाल र वितरक महासंघकाे वार्ता सफल

शर्मिला शर्मा काठमाडाै‌ । बरुण वेभरेज नेपाल प्रा.लि र उक्त कम्पनीबाट उत्पादित वस्तुहरुका वितरकहरुको बीचमा देखिएको समस्यालाइ नेपाल वितरक महासंघकाे पहलमा वार्ता सफल भएकाे छ ।

वार्तामा महासंघकाे तर्फबाट महासचिब हरिराज पन्त, नेपाल बितरक संघ काठमाडौंका अध्यक्ष दुर्गाराज श्रेष्ठ लगायत वितरक व्यवसायीहरु तथा कम्पनीका प्रतिनिधिहरुकाे संलग्नता थियाे ।

कम्पनीले म्याद सकिएको उत्पादन फिर्ता नलिएको, सेवा सुविधा पनि बृद्धि नगरेका‍े, कम्पनीले म्याद गुज्रिएका उत्पादन फिर्ता नलिदा डिलरहरुले ठूलो घाटा ब्योहोर्नु परेको लगायतका मागहरु अघी सारेर वितरकहरु आन्दाेलित हुँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij