२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

निर्मलाको न्यायका निम्ति शुक्रबार बसन्तपुर डबलीमा ‘सडकमा कविता’ वाचन हुने

निर्मलाको न्यायका निम्ति शुक्रबार बसन्तपुर डबलीमा ‘सडकमा कविता’ वाचन हुने

१३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीलाई पत्ता लगाई कारबाहीको माग गर्दै दबाबस्वरूप शुक्रबार ‘सडकमा कविता’ बाचन हुने भएको छ । कार्यक्रम साँझ ५ बजे काठमाडौँको बसन्तपुर डबलीमा हुने भएको छ ।

दुई महिना अघि बलात्कार पछि पाशविक हत्या भएकी निर्मलाको घटनामा सम्लंग्न दोषी आजसम्म पनि पत्ता लाग्न सकेको छैन । सरकारले विभिन्न छानविन समिति गठन गरेर घटनाको अनुसन्धान गरे पनि अपराधी अझै पत्ता लाग्न सकेको छैन ।

बरू सरकार आफै प्रहरीकै सम्लग्नतामा प्रमाणहरू नष्ट गर्ने काम गरिँदा पनि मुखदर्शक बनेको भन्दै जनआक्रोश पैदा भइरहेको छ । ‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तर्गत सडक कविता बाचन हुने भएको हो ।

कार्यक्रममा श्रवण मुकारुङ, धिरेन्द्र प्रेमर्शी, विमला तुम्खेवा, नवराज पराजुली, सकुन्तला जोशी, मल्लिका खतिवडा, सौरभ कार्की, रिमा केसी, साम्राज्ञी आचार्य, बाबु त्रिपाठी, लक्ष्मी रुम्बा, बिना थिङ तामाङ, महेश पौडेललगायतले कविता बाचन गर्ने छन् ।

‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तर्गत नागरिकस्तरबाट चर्को शान्तिपूर्ण जनदवाव सृजना भइरहेको छ । यसअघि पनि निर्मलाका निम्ति न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म विशाल र्‍याली निकाल्नुका साथै अन्य दबाबस्वरूप विभिन्न कार्यक्रम पनि गरेका थिए ।

सरकारले निर्मला घटनाको अनुसन्धानमा संलग्न करिब १५ जना प्रहरीलाई नै निलम्बन गरेको छ भने यस अघि पक्राउ परेका जति सबै निर्दोष सावित भइ छुटिसकेका छन् । अनुसन्धान अहिले करिबकरिब शून्यको स्थितिमा रहेको छ । १ असोजमा निर्मलाका आमा बुवाले प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुलाई भेटेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीले समय उपलब्ध गराइनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij