पोखराको बेगनास तालमा शनिबार मध्याह्न डुंगा डुब्दा पाँच बेपत्ता भएका छन् । नौ जना सवार डुंगामा दुई महिला र तीन बालबालिका बेपत्ता भएका हुन् । 
दुई महिला र दुई पुरुषको उद्धार भएको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्र गुरुङले जानकारी दिए। उनीहरुलाई उपचारको लागि शिशुवाको लेखनाथ लायन्स सामुदायिक अस्पतालमा राखिएको छ । दुईको अवस्था गम्भीर छ ।
तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाँदै गरेका चेलिबेटी बोकेको डुंगा दुर्घटना भएको हो ।
पोखरा–३० बेगनासका कमलराज कँडेलले शनिबार आºनो घरमा चेलिबेटीलाई दर खुवाउने कार्यक्रम राखेका थिए । उनी चेलिबेटीलाई लिन आºनै डुंगामा ताल वारि आएका थिए । कँडेल उपचाररार्थ अस्पतालमा छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij