२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पाेखरामा सम्पन्न भयाे मुख्य न्यायाधिवक्ता सम्मेलन

पाेखरामा सम्पन्न भयाे मुख्य न्यायाधिवक्ता सम्मेलन

११बुँदे पोखरा घोषणापत्र जारी गर्दै सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरुको सम्मेलन सकिएको छ ।

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको सम्मेलनमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकारका साथै संवैधानिक व्यवस्था, संघीयताको प्रयोग लगायतका विषयमा छलफल भएको थियो । सम्मेलनले संविधानको धारा १६० को मुल मर्म र भावनाअनुसार प्रदेशका मुख्य न्यायाधिवक्ताको काम, कर्तवय र अधिकार पूर्ण स्वतन्त्र हुने निष्कर्ष निकालेको छ । प्रदेश सरकारको सहज र प्रभावकारी कार्य सञ्चालनका लागि आवश्यक संघीय कानुन घिटो बनाउन पनि संघीय सरकारको ध्यानाकर्षण गराएको छ । साथै प्रदेश सरकारको प्रभावकारी सञ्चालनका लागि शान्ति सुरक्षा र अभियोजनसम्बन्धी अधिकार महत्पूर्ण हुने भन्दै यसका लागि पहल गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij