२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

हेटौंडा-काठमाडौं सुरुङमार्गबाट निजी क्षेत्रकाे संलग्नता हटाइने

हेटौंडा-काठमाडौं सुरुङमार्गबाट निजी क्षेत्रकाे संलग्नता हटाइने

हेटौंडा । प्रदेश ३ सरकारले हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणको लागि निजी कम्पनीसँग गरिएको सम्झौता खारेज गर्न संघ सरकारलाई पत्राचार गरेको छ । निजी क्षेत्रले निर्माणको जिम्मा लिएको वर्षौं हुँदा पनि काम नभएपछि प्रदेश सरकार आफैंले बनाउन चाहेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)सँगको सम्झौता खारेज गर्न पत्राचार गरिएको बताए । अब भीमफेदीदेखि कुलेखानीसम्म ‘पोष्टबहादुर बोगटी सुरुङमार्ग’ लाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउन खोजिएको छ । यो कम्पनी नेपाल उद्योगा वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकमार जोशीको अध्यक्षतामा खोलिएको थियो । तर, सुरुङमार्ग बनाउन नसकिने भएपछि यसमा संस्थापक सेयर सदस्यहरुले जिम्मेवारी छाड्दै गएका छन् ।

अब निजी क्षेत्रले सुरुङमार्ग प्रदेश सरकारले बजेटमा भीमफेदी-कुलेखानी सुरुङमार्ग आफैंले बनाउने योजना ल्याइएको छ । अब  एनपीबीसीएलको प्रस्ताव जस्तो हेटौंडा–भीमफेदी र कुलेखानी काठमाडाैं खण्डमा सुरुङ बनाइने छैन । भीमफेदीबाट चिसापानीगढी हुँदै कुलेखानी पुग्ने सडकको विकल्पमा मात्रै सुरुङ बनाउने प्रस्ताव छ, प्रदेश सरकारको । यो साँघुरो सडक खण्ड करिब १८ किलोमिटर लामो छ । सुरुङमार्ग बन्दा यो खण्ड करिब ६ गुणा छोटिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij