२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

आज धेरै ठाउँमा पानी पर्ने

आज धेरै ठाउँमा पानी पर्ने

आज देशभरी कै मौसम सामान्यतया बदली भई धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

दिउँसो हल्का पानी परे पनि राति भने केहि ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनमा सामान्यतया दिउँसोको भन्दा राती धेरै पानी पर्ने गर्छ ।

बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भई धेरै ठाउँमा पानी पर्नु नै मनसुनको विशेषता भएको मौसमविद्ले बताएका छन् ।

यस्तै अबको तीन दिन देशका प्रमुख नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । तर कोशीसँगै बागमती, कमला, पश्चिम राप्तीको तटीय क्षेत्रमा पानीको बहाव सतर्कता आसपास पुग्न सक्ने भएकाले सतर्कता भने अपनाउन शाखाको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij