विपक्षी दल काँग्रेसले मंगलबार काठमाण्डु उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको आरोपसहित कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन आयोजना गरेको हो ।कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।
कांग्रेसका नेताहरु प्रकाश शरण महत, प्रकाशमान सिंह, नवीन्द्रराज जोशीलगायतका नेताहरुको अगुवाईमा काठमाण्डुमा जुलुससहित प्रदर्शन गरेको छ ।
शान्तिबाटीकाबाट सुरु भएको जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत भएको थियो ।
सो क्रममा कांग्रेसका नेता कार्यकर्ताले ‘संविधान मिच्न पाइँदैन, कम्युनिष्ट सरकार चाहिँदैन, उखान टुक्काले देश चलाउन पाइँदैन, बृद्धभत्ता दिने निर्णय कार्यान्वयन गर’लगायतका नारा समेत लगाएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij