२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

टाउन प्लानिङबाट एकनाले बन्दुकसहित एक जना पक्राउ

टाउन प्लानिङबाट एकनाले बन्दुकसहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका-२६ टाउन प्लानिङबाट प्रहरीले एउटा सोह्रबोरको एकनाले बन्दुक र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित एक जनालार्इ पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा म्याग्दी मंगला गाउँपालिका-१ घर भएका ६० वर्षीय रामबहादुर पाइजा छन् ।

पक्राउ परेका पाइजाले धादिङ छत्रेदेउराली-९ घर भएकी ३५ वर्षीया महिलासँग झै-झगडा हुँदा आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भनी धम्की दिएको महानगरीय प्रहरी प्रभाग, गोंगबुले जनाएको छ ।

त्यसपछि प्रहरी टोलीले उनको कोठामा रहेको हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij