विदेशबाट आयातित १० औं हजारको वाइनको तुलनामा नेपालमा नै उत्पादित ४÷५ सय रुपियाँको वाइन पिउन नै नेपालीहरु सन्तुष्ट भएको नेपालमा बिग मास्टर वाईन अर्थात् रोयल काठमाडौँ हिमालयन वेभरेजका अध्यक्ष् गणेस चापागाईं बताउनुहुन्छ । हाल उहाले बिग माष्टर, नव भ्याली र ब्लयाक स्टोन ब्राण्डमा वाइन उत्पादन गर्दै आउनुभएको छ ।
वि.सं २०६७ मा दर्ता भइ २०६८ देखि बजारमा आफ्ना उत्पादनहरु ल्याएको यस कम्पनीको शुरुको लगानी १ करोड रुपियाँ मात्र थियो । तर अहिलेको अवस्थामा भने यस कम्पनीको लगानी १५ करोड पुगिसकेको छ । ४÷५ करोड रकम लगानी गर्नसके वाइन उद्योग राम्रो तवरले सञ्चालन गर्न सकिने धारणाले वाइन उद्योग खोले पनि वाइनको निम्ति राम्रो तवरले चल्नको निम्ति करिब १ सय करोड रकमको लगानी आवश्यक पर्ने कुरा आफुलाई उद्योग सञ्चालन गर्ने क्रममा नै अनुभव भएको उद्योगका अध्यक्ष गणेश चापागाईं बताउनुहुन्छ । यस कम्पनि को अर्को सकारात्मक पक्ष् भनेको किसानहरुको सहकार्यमा अंगुर उत्पादन गरी त्यसबाट वाइन बनाउने योजना पनि हो । यसको निम्ति कम्पनीले २ बर्ष पहिले देखि नै परीक्षणको रुपमा नेपालमा उपलब्ध हुने याकुनबाट समेत वाइन उत्पादन गरेको छ । वाइन उत्पादनको निम्ति विद्यावारिधि गरेका विज्ञलाई नै राखेर गुणस्तरीयता दिने प्रयास पनि कम्पनि ले गरेको छ ।
उक्त वाइनको माग विश्वबजारमा राम्रो रहेको बु
झिएको छ । नेपालको अलाबा विश्वबजारमा नै यहाँका उत्पादनहरुलाई विस्तार गर्ने योजनामा रहेको यो कम्पनीले छिट्टै भारतको स्थानीय कम्पनीको सहकार्यमा बिग माष्टरकै नाममा वाइन उत्पादन गर्ने योजना पनि बनाएको छ । नेपालमा ४० कर्मचारी र करिब ३५ जना कामदारलाई नियमित रोजगारी दिइरहेको यस कम्पनीका अध्यक्ष गणेश चापागाईं नेपालमा राजनीतिक स्थायित्व कायम हुन सकेमा काम गर्नको निम्ति प्रयाप्त सम्भावना रहेको बताउनुहुन्छ ।
नेपालमा निजी क्षेत्रमा प्रयाप्त लगानी जुटाउन आफुसँग भएको सम्पत्ति बिक्री गर्न समेत तयार रहेपनि अहिलेको अवस्थामा भने नेपालको अस्थिर राजनीतिको कारण तुरुन्तै जोखिम लिएर त्यति ठूलो काम गर्न सकिने वातावरण नेपालमा बनिसकेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij