साइकोसोसियल हिलिङ एण्ड मेडिटेसन सेन्टरको आयोजनामा काठमाडौंमा असार ३० गते १ दिने ‘फियरलेस माइण्ड रिसोर्सफुल लाइफ’ नामक विशेष वर्कशप सम्पन्न भएको छ । एनएलपीमा विधिमा आधारित रही सञ्चालन गरिएको उक्त वर्कशपमा मानवीय जीवनलाई परिवर्तन गरी नयाँ धारबाट अघी बढाई जीवनलाई आफूले चाहे बमोजिम बनाउने बारेमा केन्द्रित थियो ।
बालाजु स्थित बाइपास ओरालोमा रहेको देव विकास बैंकको चौथो तल्लामा आयोजना गरिएको उक्त वर्कशपमा विभिन्न क्षेत्रमा रहेर कार्य गरिरहेका व्यक्तिहरुको उपस्थिति थियो । विहान ९ बजे बाट सञ्चालन गरिएको उक्त कार्यक्रम बेलुका साढे ५ सम्म चलेको थियो ।

जीवनलाई कसरी आफूले चाहेबमोजिम बनाउने, कसरी लक्ष्य निर्धारण गर्ने, सफलता हासिल कसरी गर्ने, डरत्रास तथा नकारात्मक विचार कसरी हटाउने लगायतका विषयहरुमा केन्द्रित रही आयोजना गरिएको उक्त कार्यक्रमबाट सहभागीहरुको जीवनले नयाँ मोड लिने विश्वास गरिएको छ ।
कार्यक्रमको समापन क्रममा उपस्थितहरुले कार्यक्रम निकै नै प्रभावकारी रहेको र स्पष्ट लक्ष्य निर्धारण तथा आप्mनो व्यवस्थापनको निम्ति कार्यक्रमले निकै नै नयाँ सन्देश प्रवाह गरेको बताएका थिए । साथै आफूले सिकेको कुरा व्यवहारमा समेत लागु गर्न आफूहरु प्रतिवद्ध रहेको उपस्थितहरुको धारणा छ ।
कार्यक्रमको आयोजक संस्था साइकोसोसियल हिलिङ एण्ड मेडिटेसन सेन्टरकै आयोजनामा आगामी महिना काठमाडौंमै आकाशा हिलिङ समेत सञ्चालन गर्न लागिएको छ । आकाशा हिलिङको लागि रजिष्ट्रेसन खुल्ला भएको र थप जानकारीको लागि कार्यक्रम आयोजक केशव थापालाई ९८५१००८५१७ मा सम्पर्क गर्न सकिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij