२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

त्रिविले खोज्यो ५२ निकायको सम्पत्ति

त्रिविले खोज्यो ५२ निकायको सम्पत्ति

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिनको विवरण खोजेको छ । त्रिविद्वारा गठित त्रिवि सम्पत्ति संकलन, संरक्षण तथा व्यवस्थापन समितिले भौतिक सम्पत्ति खोजी गरेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्रा. अनुपकुमार श्रेष्ठको संयोजकत्वमा गठित ११ सदस्यीय उक्त समितिले केन्द्रका २२ र उपत्यका बाहिरका ३८ निकायको जमिनको लागत तयार गरेको हो । विसं २०१६ सालमा त्रिवि स्थापना भएदेखि हालसम्म कुनै सम्पत्ति खोजी भएको थिएन ।  तथ्यांक अनुसार त्रिवि र यस मातहतका क्याम्पस र निकायको अधीनमा १ हजार ४ सय ७८ हेक्टर अर्थात् १ करोड ४७ लाख ८८ हजार ७ सय ५४ वर्गमिटर जग्गा छ । तीमध्ये १ करोड ३१ लाख ३६ हजार ९ सय ३१ वर्गमिटर जग्गा त्रिविको पूर्ण स्वामित्वमा रहेको छ ।

तथ्यांकअनुसार ९ लाख ९८ हजार ९ सय १६ वर्गमिटर जग्गा भोकाधिकार गरिएको छ । ६ लाख ५२ हजार ९ सय ३ वर्गमिटर जग्गा भोगचलन गरिएको वा आफ्नो स्वामित्वमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij