२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

काठमाडौं – सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी पुनः थालेको छ । आजकोनागरिक दैनिकमा यो समाचार छ । समारचार अनुसार, झन्डै डेढ दशकअघि बन्द भएको हेटौंडा कपडा उद्योगलाई सरकार र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने तयारी सुरु गरेको हो ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकले उद्योग सञ्चालनका लागि तयारी अगाडि बढाउन भन्दै सात सदस्यीय अध्ययन कार्यदल समेत गठन गरेको छ ।

कार्यदलले हेटौंडा कपडा उद्योगको अध्ययन विश्लेषण गरी १५ दिनभित्र नेपाली सेना र मन्त्रालय समक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij