२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बाग्लुङमा महाकविको नामबाट चोकको नामाकरण

बाग्लुङमा महाकविको नामबाट चोकको नामाकरण

महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा यहाँको एक चोकको नामाकरण गरिएको छ।

बागलुङ नगरपालिका–३ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको चोकको नाम ‘महाकवि देवकोटा चोक’ राखिएको हो। नामाकरणमा धवलागिरि साहित्य प्रतिष्ठान बागलुङ र स्थानीयवासीले विशेष पहल गरेका थिए। गणेश मन्दिरदेखि बुद्धचोकसम्म नाली निर्माणको लागि बनेको उपभोक्ता समितिले पनि नामाकरणको निर्णय गरेको थियो।

टोलवासीबाटै माग भएपछि ३ नं वडा कार्यालयले स्वीकृतिका लागि नगरपालिकामा सिफारिस गरेको थियो। नगरपालिकाको बैठकले चोकको नाम ‘महाकवि देवकोटा चोक’ राख्न स्वीकृत प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए।

उनले सबै पक्षको सकारात्मक सहयोगका कारण नामाकरण सम्भव भएको उल्लेख गरे। ‘महाकवि देवकोटाको सम्मानमा चोकको नाम राखिएको हो,’ उनले भने, “भाषा, साहित्यको सेवा र प्रवद्र्धनमा यसले महत्व राख्दछ।”

‘महाकवि देवकोटा चोक’ लाई विशिष्ट चिनारी दिने हिसाबले विकास गरिने उनको भनाइ छ। सडकको संरचना नबिग्रने गरी महाकवि देवकोटाको सालिक राख्नेदेखि अन्य संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ। वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले महाकवि देवकोटाको नाममा चोकको नामाकरण गरिनु गौरबको विषय भएको बताइन्। उनले महाकविको नाममा गरिएको चोकको नामाकरणले कला, साहित्यको संरक्षण र उत्थानमा समुदायलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij