नेपाल र भारत संयुक्तरुपमा रामायण तथा बुद्ध परिपथमा पर्यटन प्रवर्धन लागि योजनाबद्ध प्रयास गर्न भएका छन् । दुई देशको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिएको हो । 
देशबीच गठित संयुक्त कार्यदलको शुक्रबार सम्पन्न बैठकमा पर्यटन प्रवर्धनसम्बन्धी १४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
वैशाख २८ र २९ गते नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले रामायण परिपथको बस सेवा सुभारम्भ गरेका थिए । रामायणकालीन धार्मिकस्थललाई जोड्ने सडक अवधारणालाई रामायण परिपथ नाम दिइएको छ । त्यसमा भारतले आफ्ना १५ धार्मिकस्थललाई जोड्न तयार पारेको ‘रामायण परिपथमा नेपालको जनकपुर पनि समेटिएको छ ।
रामायण सर्किटमा त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिकस्थललाई एउटै मार्गले जोडिनेछ । त्यसमा नेपालको जनकपुर भारतको अयोध्या, शृंगवेरपुर, चित्रकुट, विहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगनाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुर रहेका छन् ।
परिपथमा सीताको माइती तथा रामको ससुराली जनकपुरधामलाई समेत अब जोडिएकाले नेपालका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ । हाल श्रीलंकालाई यो सर्किटमा नजोडिए पनि जोड्ने तयारी भइरहेको भारत सरकारले जनाएको छ । रामायण सर्किटले जनकपुरको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ ।
यस्तै बुद्ध परिपथमा नेपालतर्फ लुम्बिनीलाई केन्द्रमा राखेर तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लीहवा, नमोबुद्ध, हलेसी, बौद्धनाथ, स्वयम्भू आदि क्षेत्र समावेश हुनेछ ।
भारतले बोधगयालाई केन्द्रमा राखेर सारनाथ, कुसीनगर, श्रावस्तीलगायतका स्थानलाई जोडेर करीब ७०० किलोमिटरको क्षेत्रमा बुद्ध परिपथ सञ्चालन गरिरहेको छ । दुई देशको सहमतिपछि दुवै देशको परिपथ एक आपसमा जोडिनेछ ।
दुई देशबीच भएको सहमतिअनुसार पर्यटन प्रवद्र्धनका लागि दीर्घकालीन लक्ष्यका साथ योजनाबद्ध तवरले अगाडि बढ्ने उल्लेख छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij