काठमाडौं । ग्लोबल आइएमई बैंकले २ एकैसाथ ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ सेवासं“गै बैंकको शाखारहित बैंकिङ संख्या ९९ पुगेको छ ।ग्लोबल आइएमई बैंकले बाग्लुङको ढोरपाटन नगरपालिका – ८ बोबाङ, गुल्मीको मुसीकोट नगरपालिका– ९ पाडथोक र ठूलापोखरामा, अर्घाखाँचीको मालारानी गाउँपालिका–२ (डाँडाकटेरी), गुल्मीको धुर्कोट-५ (वस्तु) तथा नवलपरासीको रामग्राम नगरपालिका– १७, पट्खौली र गोरखाको गण्डकी गाउँपालिका – १, मकैसिङमा सेवा शुरु गरेको हो ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले १२९ शाखा, १३२ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र ९९ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्फत ९ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij