२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

डा. केसीको जीवनरक्षा गर्न आयोगको आग्रह

डा. केसीको जीवनरक्षा गर्न आयोगको आग्रह

Dr. Govinda KC Photo: THT File

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्योपचार जस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील भई तत्काल डा केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी डा केसीको जीवन रक्षा गर्न माग गरिएको छ ।

विज्ञप्तिमा सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनै पनि पक्षबाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न नगराउनसमेत आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । डा केसी जुम्लामा यही असार १६ गतेदेखि अनशनरत हुनुहुन्छ । आयोगले डा केसीलाई अनशनस्थलबाट तत्काल स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचारको व्यवस्था गर्न आयोगले यही असार १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्राचारसमेत गरेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij