सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने सुक्मित घिसिङ मोडलिङ क्षेत्रमा भविष्य खोज्दै यो क्षेत्रमा प्रवेश गरेकी छन्।
धेरैजसो रहरै रहरमा यो क्षेत्रमा लागे पनि आफू भने यही क्षेत्रमा करिअर बनाउने गरी आएको सक्मित बताउँछिन्।
मोडलिङका साथै चलचित्रममा नायिका बन्ने उद्देश्याका साथ उनी यो क्षेत्रमा प्रवेश गरेकी हुन्। चलचित्रमा प्रवेश गर्ने भ¥याङका रुपमा रहेको मोडलिङलाई उनले आफ्नो करिअरको सुरुवाती गन्तव्य बनाउन चाहेकी छन्।
काठमाडौँ जन्मथलो भएकी सुक्मितले देश विदेशको यात्रा समेत गरिसकेकी छन् भने विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी छन्।
नृत्य र अभिनयमा पोख्त सुक्मित सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छन्।
गायक ध्रुव बिस्कोको गीतको म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गर्न लागेकी सुक्मितद्वारा अभिनित उक्त म्युजिक भिडिया प्रदर्शनको तयारीमा रहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij