प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट युवा संगठन तरुण दल सरकारको विरुद्धमा उत्रिएको छ ।
तरुण दलले बुधबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
तरुण दलका नेता कार्यकर्ताले काठमाण्डौंको रत्नपार्क शान्तिबाटिकामा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
मुल्य बृद्धि र प्रेस स्वतन्त्रताको हनन गरेको भन्दै आफुहरु त्यसको विरुद्धमा उत्रिनुपरेको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताएका छन् । साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले खोक्रो राष्ट्रवादको नारा दिएकाले प्रदर्शन गर्नुपरेको बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij