सिर्जनशील विधार्थी समाज द्वारा अायोजित अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । तारकेश्वरकाे नेपाल राष्ट्रिय माविमा सम्पन्न १३ विद्यालय संलग्न रहेकाे उक्त नृत्य प्रतियाेगितामा कौशल बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएकाे छ ।
यसैगरी उक्त प्रतियाेगितामा द्वीतिय स्थान फुटुङ्ग मा.वि.ले प्राप्त गरेकाे छ भने तृतीय स्थानमा ईमेज हाई स्कुल छ ।
उक्त कार्यक्रम तारकेश्वर नगरपालिकाका नगरप्रमुख रामेश्वर बोहाेराकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा करिब ८ सय विद्यार्थी संलग्न रहेकाे सृजनशिल विद्यार्थी समाजका अध्यक्ष बाबुराम कुवँरले बताए । साथै उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा समाजसेवी र प्रतिष्ठत व्यक्तिहरूकाे समेत सहभागिता रहेकाे थियाे ।
्र


शुक्रबार अायाेजना गरिएकाे उक्त कार्यक्रममा वरिष्ठ कलाकार उत्तम के.सी, ध्रुवराज खड्का, श्रेष्ठ लगायत कलाकारहरू राम गौतम महालक्ष्मी खड्का लगायतकाे समेत सहभागिता रहेकाे थियाे ।

कार्यक्रम निकै नै भव्य रूपमा सम्पन्न भएकाे कार्यक्रममा उपस्थित एक अतिथि सुसान्त सर्माले सेताेघरलार्इ जानकारी दिएका छन् ।
पछिल्लाे समय विद्यार्थीका प्रतिभा प्रष्फुटनमा विशेष सहयाेग पुग्ने गरि विभिन्न कार्यक्रमहरू अायाेजना गरेकाे भन्दै अाएकाे सिर्जनशील विधार्थी समाजकाे उपस्थित विभिन्न व्यक्तिहरूले प्रशंशा तथा अागामी दिनमा समेत यस्ता अन्य गतिविधिहरू सञ्चालन गर्नकाे निम्ति अाग्रह समेत गरिएकाे छ ।