
शिक्षामा उत्कृष्ट स्थानमा रहँदै आएको यस नेशनल मोडल इङ्गलिस स्कुलले अन्य गतिविधिहरुमा समेत आफ्नो विद्यालयलाई उत्कृष्ट स्थानमा उभ्याउन सफल भएको छ । विद्यार्थीहरुको चौतर्फी विकासको लागि उनीहरुको रुचि र क्षमता अनुरुपका विभिन्न क्रियाकलापहरुलाई विद्यालयले निरन्तरता दिँदै आएको छ ।
ह्याण्डराइटिङ, म्युजिक, डान्स, आर्टस कम्पिटिसन लगायतका विभिन्न गतिविधिहरु सहित पृथक ढङ्गले कक्षाहरु सञ्चालन गर्दै आएको यस विद्यालयले निरन्तर रुपमा आफ्नो विद्यालयमा अध्ययनरत बालबालिकाहरुको सर्वाङ्गिण विकासको निम्ति नयाँ तवरले काम गरिरहेको छ ।
बालबालिकाहरुलाई किताबी ज्ञानमा आधारित विभिन्न अवलोकन भ्रमण तथा अन्य विविध गतिविधिहरुमा समेत यस विद्यालयले सहभागि गराउँदै आइरहेको छ । विगतका एसइइ-एसएलसी परीक्षामा समेत उत्कृष्ट स्थान हासिल गर्न सफल यस विद्यालयले भौतिक संरचनामा समेत विशेष जोड दिँदै आएको छ ।
विद्यार्थीको शिक्षणसिकाई प्रक्रियामा थप सहजता ल्याउने योजना बमोजिम यस विद्यालयले अडियोभिजुअल कक्षा समेत सञ्चालन गर्दै आएको छ । परिवर्तित सन्दर्भ सुहाउँदो किसिमले यस विद्यालयले पूर्ण शान्त र घरायसी वातावरणमा कक्षा सञ्चालन गर्दै आएको छ ।
यस बर्ष देखि विद्यालयले सिसिटिभी र स्मार्टबोर्ड समेत विद्यालयमा सञ्चालनमा ल्याइएको छ । समयसापेक्ष नयाँपनको अभ्यासमा रहेको छ यो विद्यालय ।
नृत्य र हस्तलेखनमा समेत विगत लामो समय देखि उत्कृष्ट स्थान सफल पार्न सफल यस विद्यालयले हाल योग, ध्यान समेत शुरु गरेको छ । विद्यालयले राष्ट्रिय स्तरका काउन्सिलरहरुबाट निरन्तर रुपमा मोटिभेसन तथा काउन्सिलिङ समेत सञ्चालन गरिँदै आइएको छ ।
प्रि–प्राइमरी तहमा मन्टेश्वरी विधिमा आधारित रही शिक्षा दिँदै आएको यस विद्यालयले साना विद्यार्थीहरुलाई मोनिटरको माध्यमबाट हेर्दै सिक्ने, सुन्दै सिक्ने, गर्दै सिक्ने र खेल्दै सिक्ने अवसर समेत प्रदान गरेको छ ।
समय समयमा अभिभावकहरुसँग समेत राम्रो सम्पर्क स्थापना गर्ने उद्धेश्यको साथ नियमित भेटघाट तथा छलफल समेत विद्यालयले आयोजना गर्दै आएको छ ।
हस्तलेखनमा सधैं उत्कृष्ट :
यस बर्ष बालबाटिका डट कमले काठमाडौं उपत्यकाका सबै नगरपालिका अन्तरगतका विद्यालयहरु समेटिने गरी आयोजना गरेको उपत्यकाव्यापी हस्तलेखन प्रतियोगितामा करिब ५ हजार विद्यार्थीहरु सहभागि भए मध्येबाट उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय लगायत उत्कृष्ट १० जना सबै नेशनल मोडल इङ्गलिस स्कुलमा संलग्न विद्यार्थीले नै उक्त उपाधि हात पारेका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई नगद, मेडल, प्रमाण पत्र सहित पुरष्कृत गरिएको थियो । यसबाहेक हरेक समय आयोजना हुने हस्तलेखन प्रतियोगितामा यस विद्यालयले उत्कृष्ट स्थान हासिल गरिरहेको छ ।
विद्यालयको सफलता :
हाल यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरु अमेरिका, अष्टे«लिया लगायतका नाम चलेका विद्यालयहरुमा पूर्ण छात्रवृत्तिमा समेत अध्ययन गरिरहेका छन् । यसैगरी नेपालमा समेत राम्रो स्थानमा कार्यरत छन् । यसलाई नै विद्यालयले आफ्नो सफलताको रुपमा लिँदै आएको छ ।
नयाँ बर्षमा प्रिन्सिपलको सन्देश :
नयाँ बर्षको पूर्वसन्ध्यामा विद्यार्थी भर्ना कार्यमा व्यस्त प्रिन्सिपल डिएन अधिकारीले अभिभावकहरुलाई नयाँ बर्षको अवसरमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको समेत कामना व्यक्त गर्नुभएको छ । नयाँ बर्ष सँगै अभिभावकहरुको शिक्षा र चेतनाको स्तर माथि उठ्नेमा समेत आफ्नो विश्वास व्यक्त गर्नुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij